सेलेब्रिटी नेपाल असोज २८ आइतबार दुई सातादेखि जारी साझा पुस्तक प्रदर्शनीमा साहित्यिक कृतिहरूले बिक्रीमा बाजी मारेका छन् । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा भइरहेको प्रदर्शनीको आइतबार सकिँदै छ । पछिल्लो दिन शनिबार १० लाख ४५ हजार रुपैयाँ बराबरका पुस्तक बिक्री भएका थिए, अहिलेसम्म ९० लाख रुपैयाँ पुगेको प्रदर्शनी संयोजक अनिल पौडेलले बताए । प्रदर्शनीमा अमर न्यौपानेको मदन पुरस्कार प्राप्त उपन्यास ‘सेतो धरती’ बढी बिकेको छ । साझाका कर्मचारी होम भट्टराईका अनुसार प्रदर्शनीमा अमरको कृति २ हजार प्रति राखिएको थियो, केही प्रति मात्रै बाँकी छन् । झमक घिमिरेको आत्मवृत्तान्त ‘जीवन काँडा कि फूल’, गौरा प्रसाइर्ंको आत्मकथा ‘मेरा जीवनका पानाहरू’, जगदीश घिमिरेको ‘सकस’ लाई पनि पुस्तकप्रेमीले उत्तिकै मन पराए । इतिहास र संस्कृतिसम्बन्धी पुस्तकप्रति पनि पाठक चासो बढी देखिएको छ । बाबुराम आचार्यको ‘पृथ्वीनारायण शाहको जीवनी’ र स्वामी प्रपन्नाचार्यको ‘वेदमा के छ ?’ धेरैले मन पराएका छन् । बीपी कोइराला र महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिहरू पनि अधिक बिक्रीको सूचीमा छन् । केही दिनअघि मात्रै सार्वजनिक दिलीप शाहको कथा संग्रह ‘मुर्दार काठमाडौं’, शारदा शर्माको उपन्यास ‘ताप’, रवीन्द्र समीरको लघुकथा संग्रह ‘अणु र पहाड’, मोहनविक्रम सिंहको समालोचना ‘साहित्य, जीवन र सौन्दर्य’ लाई पनि दर्शकले मन पराएका छन् ।
सम्बधित पोस्टहरु
रहस्यको पर्दा उघार्दै ‘पाँच पाण्डव’ को ट्रेलर–१ सार्वजनिक
सेलिब्रेटी नेपाल । आगामी तिहारलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको चलचित्र ‘पाँच पाण्डव’ले आफ्नो पहिलो ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरले चलचित्रका प्रमुख पात्रहरूलाई रहस्यमय रूपमा प्रस्तुत गर्दै कथाप्रति दर्शकको...
‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्न
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘म मदनकृष्ण’ राजकुमार श्रेष्ठ निर्माता हुन्
‘पीजी’ सेन्सर सर्टिफिकेटसहित असोज ३० मा रिलिज हुँदै फिल्म ‘आ बाट आमा २’
सेलिब्रेटी नेपाल । विजया दशमीको पावन अवसर पारेर प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित फिल्म ‘आ बाट आमा २’ ले ‘पीजी’प्रमाणपत्र प्राप्त गरेको छ। असोज ३० गते शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यस फिल्मले सेन्सर बोर्डबाट...
‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक,दीपकराज सन्तानका लागि दौडधुप
‘छ माया छपक्कै २’ आगामी असोज ३१ गते फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने
लाेक गायिका रीता थापामगर कांग्रेसकाे केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं । चर्चित लाेक गायिका तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रीता थापामगर नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यमा विजयी भएकी छन् । २ हजार ३०८ मत ल्याउदै उनले खुल्ला महिला तर्फ केन्द्रीय सदस्य जितेकी हुन् ।...
विराज र समीरको ‘१२ गाउँ २’को ट्रेलरमा एक्सन र बदलाको कथा
सेलिब्रेटी नेपाल । नेपाली चलचित्र क्षेत्रमा एक्सनप्रधान चलचित्रमार्फत आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘१२ गाउँ २’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा...






