‘विर विक्रम २’को पोष्टर सार्वजनिक ! रोमान्टिक अवतारमा पल र वर्षा


सेलिब्रेटी नेपाल

काठमाडौँ: पल शाह, वर्षा सिवाकोटी र नाजीर हुसेन स्टारर चलचित्र ‘विर विक्रम २’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकार रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘विर विक्रम २’ को यस अघि दुई गीत ‘पिरतीको मिठो तिर्सना’ र ‘बाचा’ सार्बजनिक भइ सकेको छ । चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् । चलचित्रमा रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकीछन् । ‘विर विक्रम २’मा नाजीर हुसेन, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ । चलचित्र आगामी जेष्ठ ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ ।