निर्माता र निर्देशकले गरे इन्गेजमेन्ट !


सेलिब्रेटी नेपाल

काठमाडौँ: म्युजिक भिडियो, कोरियोग्राफर हुँदै निर्देशक बनेकी रेनशा वान्तवा राई र निर्माता प्रज्जवल शम्सेर जबराले इन्गेजमेन्ट गरेका छन् । उनीहरु आफ्नो लामो प्रेम सम्बन्धलाई यही बैशाख २४ गते विवाहमा रुपान्तरण गर्दैछन् । एक दशकअघि निर्माण भएको चलचित्र ’मेरो एउटा साथी छ’को सेटबाट उनीहरु एकअर्काको प्रेममा रमाउन थालेका थिए । विवाहको केही दिन अगाडि दुईले आइतबार एक भव्य समारोहका बीच औँठी साटेका छन् ।

आइतबार राजधानीमा रहेको शंकर होटलमा दुबैले परिवारको उपस्थितिमा टिकाटालो गरेका हुन् । इन्गेजमेन्ट समारोहमा दुबै निकै खुसी देखिएका थिए । प्रज्जवल आइकोर फिल्मस्का मालिक प्रभु शम्सेर जबराका छोरा हुन् । अहिले यो कम्पनी प्रज्जवले चलाउँदै आएका छन् । यो कम्पनीबाट यस वर्ष दुई चलचित्र निर्माण हुँदैछन् ।

विवाहपछि पनि सिनेमा निर्देशन र कोरियोग्राफीलाई निरन्तरता दिने रेनशाले बताएकी छिन् । विवाह लगत्तै उनी चलचित्र ’आई एम ट्वान्टिवान’ निर्देशन गर्दै्छिन् । यसलाई प्रज्जवलले निर्माण गर्दैछन् । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ’इन्टु मिन्टु लण्डनमा’ बाट रेनशाले निर्देशनमा राम्रो सम्भावना देखाएकी थिइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.