‘पसिना’ ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो नयाँ बर्ष २०७६ को अवसर पारेर केहि दिन अघि मात्र चलचित्रको फर्स्ट लुक सार्बजनिक गरिएको थियो मजदुरहरुको कथा व्यथा समेटिएको चलचित्र ‘पसिना’ को सार्बजनिक ट्रेलरमा चलचित्रका सम्पूर्ण मुख्य कलाकार गौरव पहाडी,अनु शाह,सरोज खनाल,रबि गिरि,सुरजनी केसी,शिब शंकर रिजाल,सरोज अर्याल,सरिताराज उपाध्याय,जयनन्द लामालाइ मुख्य स्थान दिइएको छ । साहिल खानले काटेको ट्रेलर आकर्षक बनेको छ ।

आर. बि खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्र ‘पसिना’ मा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत,नबिन निरौलाको सम्पादन,शिब बिक र राजीब समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ । ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको चलचित्र समसामयिक कथामा बनेको छ । पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश चलचित्रले दिने निर्देशकले बताए । आर.बी. खत्री ‘शरद’ को कथा रहेको ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन् । बैशाख २७ गते बाट प्रदर्शनमा आउने चलचित्रका कार्यकारी निर्माता संजय महतो हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.