दयाहाङ र दीयाको‘चिरी च्याट्टै’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: माओत्से गुरुङको डेव्यु निर्देशकिय चलचित्र ‘दयारानीको पहिलो गीत सार्वजनिक गरिएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर चलचित्र ‘दयारानी’ को पहिलो गीत सार्वजनिक गरिएको हो । ’चिरी च्याट्टै’ बोलको गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर छ । उनलाई फिमेल स्वरमा मेलिना राईले साथ दिएकी छन् । लोक फ्लेवरको गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र दीया पुनलाई फिचर्ड गरिएको छ । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतको भिडियोलाई रवि न्यौपानेले खिचेका हुन् ।’

चलचित्रले एक खराब श्रीमान र एक दयालु श्रीमतीको कथा भन्ने निर्देशक गुरुङले बताएका छन् । सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको चलचित्रको कथा निर्देशक स्वयम्ले लेखेका छन् । चलचित्रमा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले लगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।
चलचित्र जेठ १० गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।