‘दाल भात तरकारी’ को ट्रेलर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: मह संचारको ब्यानरमा बनेको चलचित्र ‘दाल भात तरकारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा दाल भात तरकारीकै लागि विदेशिनु पर्ने बाध्यता त्यसमा आइपर्ने झन्झटलाइ देखाइएको छ । ट्रेलरमा हरिवंश आचार्य छाएका छन् भने नीरुता सिंह उनको पत्नीको भूमिकामा छिन् । पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राईलगायतलाई पनि ट्रेलरमा स्थान दिइएको छ । अभिनेत्री प्रियंका कार्की भने आइटम गीतमा देखिएकी छिन् ।

कमेडी र सामाजिक चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रको कथा पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितबंश आचार्यलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको चलचित्रलाई दिर्घ गुरुङले खिचेका हुन् । प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा रहेका छन् छन् । चलचित्र आउँदो वैशाख २० बाट प्रदर्शनमा आउनेछ ।