‘कालो वर्ष’ अफिसियल टिजर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : चलचित्र ‘कालो वर्षको अफिसियल टिजर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको टिजर सार्वजनिक गरिएको हो । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले एउटा परिवारलाई पुर्याएको क्षतिमा आधारित रहेर चलचित्र निर्माण गरिएको छ । चलचित्रलाइ लक्षु गौतमले निर्देशन गरेकी हुन् ।

चलचित्रमा ओकेश पनेरु र अनुपा खड्का प्रमुख भूमिकामा छन् । चलचित्रलाई रामेश्वर हुमागाइँले छायांकन गरेका हुन् । पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुलेजलगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रलाई योगेन्द्र प्रसाद पनेरु, राम खड्का र श्याम खड्काले संयूक्त रुपमा निर्माण गरेका छन् । सुवास देवकोटाले चलचित्रको सम्पादन गरेका हुन् । चलचित्रको कथा, पटकथा तथा संवाद ओकेश पनेरुले लेखेका हुन् । चलचित्र बैशाख १३ गतेबाट प्रदर्शनमा आउने छ ।