प्रियंकालाइ यो जुनी संगै बिताउने अनुरोध गर्दै आयुष्मान (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘प्रेम दिवस’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । प्रियंका कार्की, आयुष्मान देशराज जोशी र विशाल खरेल स्टारर चलचित्र ‘प्रेम दिवस’ को प्रदर्शन मिति जेठ ३ बाट सरेर अब जेठ ३१ पुगेको छ । चलचित्रको सार्वजनिक ’बरु अर्को जुनी’ बोलको गीतमा दिपक शर्माको संगीत, शान्ति प्रियको शब्द तथा मेलिना राई र निशान भट्टराईको स्वर छ ।

सार्वजनिक गीतको भिडियोमा प्रियंका,आयुष्मान र विशाल खरेल फिचर्ड छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीको दोहोरो प्रेमलाई स्थान दिइएको छ । म्युजिकल प्रेमकथामा निर्माण भएको चलचित्र ‘प्रेम दिवस’लाई योगेश घिमिरेले निर्देशन गरेका हुन् ।

चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र विशाल खरेल,हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेलको मुख्य भूमिका रहेको छ । मनिष दाहाल निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन रहेको छ ।