प्रज्वल बने ‘अघोरी’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: एक्सनप्रधान चलचित्र ‘अघोरी’ को अफिसियल टिजर सार्बजनिक गरिएको छ । बुधबार ओएसआर युट्युव च्यानल मार्फत टिजर सार्बजनिक गरिएको हो । कलाकार प्रज्वल गिरी टिजर भरी छाएका छन् । उनको डरलाग्दो रुप र एक्सन टिजरमा देख्न सकिन्छ । टिजरसँगै चलचित्रको रिलिज डेट समेत सार्वजनिक गरिएको छ । वर्ष २०७६ को असोज १७ गते चलचित्रको प्रदर्शन मिति तोकिएको छ । भोमन कटुवाल निर्देशित यस चलचित्रमा प्रज्वल गिरी, सारदा राज्यलक्ष्मी शाह, उमेश खड्का, मुनम मल्ल ठकुरी, सुरविर पन्डित, सुशिल पोखरेल, अमिन कार्की लगायतका कलाकारले अभिनय गरेका छन् । सारदा र मुनमले यसै चलचित्रबाट डेव्यु गरेका हुन् ।

दिक्षा पाठक कार्यकारी निर्माता रहेको ‘अघोरी’ मा राजु कितारको द्धन्द, सुवास देवकोटाको सम्पादन, जीवन पराजुलीको छायांकन रहेको छ । राधादेवी कटुवाल प्रस्तुत चलचित्रमा दीपक शर्मा, ओम सुनार, सरोज कोइराला, सुमन राई र मदन वराइलीको संगीत रहेको छ ।