अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ट्रेलरलाइ रुचाए दर्शकले


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘ए मेरो हजुर ३’ को ट्रेलर युट्युब ट्रेन्डिङ्गमा पर्न सफल भएको छ । ट्रेलर सार्वजनिक भएको चार दिनपछि मात्रै ट्रेन्डिङ्गमा माथि उक्लीएको हो । चलचित्रको सार्वजनिक गीतसंगीत र ट्रेलरले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । चलचित्रका मुख्य कलाकार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापाको केमेष्ट्रीलाई दर्शकले निकै रुचाएका छन् ।

झरना थापाको निर्देशनमा तयार भएको चलचित्र ‘ए मेरो हजुर ३’ को ट्रेलरलाई अहिलेसम्म युट्युबमा १५ लाख बढि भ्युज, ६४ हजार बढि लाइक्स र ९ हजार ५ सय बढि कमेन्ट मिलेको छ । दर्शकले अनमोलको डबल रोल निकै मन परेको प्रतिक्रिया युट्युबको कमेन्ट बक्समा देख्न सकिन्छ । स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएको चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन,आशिष अविरलको संगीत रहेको छ । चलचित्र चैत्र २९ गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।