कलाकार संघको चुनाव स्थगित


सेलिब्रेटी नेपाल

काठमाडौँ: आगामी चैत्र २३ गते शनिबार हुने भनिएको चलचित्र कलाकार संघको महाधिवेशन स्थगित भएको छ । कलाकार संघले फर्जी सदस्यता वितरण गरेको उजुरी परेपछि संघको अधिवेशन स्थगित भएको हो । कलाकार सुरज आरडीले वर्तमान कार्यसमितिले गैर कलाकारलाई नयाँ सदस्यता वितरण गरेको भन्दै केही दिन अगाडि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरेका थिए ।

आइतबार काठमाडौं जिल्ला प्रशासनद्धारा जारी विज्ञप्तीमा भनिएको छ, कलाकार सुरज आरडीद्धारा दर्ता गरिएको मुद्धाको सुनवाई गर्दै दुई पक्षको छलफल निष्कर्षमा नपुगेको भन्दै जिल्ला प्रशासन कार्यालयको अर्को आदेश नभएसम्म संघको अधिवेशन रोक्न उल्लेख गरिएको छ । कलाकार संघको आगामी अध्यक्ष पदको लागि सरिता लामिछाने र लय संग्रौलाले अध्यक्षमा उम्मेदवारी दिइसकेका छन् भने यस्तै अन्य केही पदमा पनि उम्मेदवारी घोषणा भइसकेको छ ।

कलाकार संघको सदस्यता सम्बन्धी नियम मिचेको आरोप लगाउँदै कलाकार आरडीले जिल्ला प्रशासन कार्यालयमा लामिछानेविरुद्ध उजुरी दर्ता गराएका थिए । उनले लामिछानेमाथि दुईवटा सिनेमामा मात्र अभिनय गरेका व्यक्तीलाई संघको सदस्यता दिएको आरोप लगाएका छन् । संघको नयाँ विधानमा भने पाँचवटा सिनेमामा अभिनय गरे पश्चात मात्रै संघको सदस्यता बन्न पाउने प्रावधान उल्लेख गरिएको छ ।

आइतबार दिउँसो काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भेटिएको अध्यक्षकी प्रत्यासी तथा संघकी वर्तमान महासचिव सरितामा अनुसार संद्धमा केही प्राविधिक त्रुटी देखिएका कारणले संघको आसन्न चुनाव स्थगित भएको बताइन् । ’चुनाव स्थगित हुनुका थुप्रै कारणहरु छन् । त्यो बोलेर म संघको बदनाम गर्न चाहन्नँ । केही प्राविधिक कुरा मिलाएर हामी चाँडै चुनाव गर्नेछौं’, उनले भनिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.