शुक्रबार बाट ‘अमेरिकन बाबु मेड इन नेपाल’ प्रर्दशन हुने


सेलिब्रेटी नेपाल

काठमाण्डौ-अमेरीकामा निर्माण गरिएको चलचित्र अमेरीकन बाबु मेड इन नेपालको नेपाल शुक्रबार अर्थात चैत्र १५ देखि सार्वजनिक प्रर्दशन हुने भएको छ तर चलचित्र हलमा नभइ डिसहोमको सिनेमा घर च्यानल नं १०८ मा प्रर्दशन हुदैछ ।

हलमा नलागी यो चलचित्र सिधै डिसहोमबाट रिलिज गर्न लागिएको हो । नेपाली हलमा लगाउन निर्माता निर्देशक लामो समय देखि कसरत गरिरहेका थिए तर बितरक तथा हलवालाले बारम्बार झुलाएको भन्दै निर्माता निर्देशकले सिधै डिसहोम बाट प्रर्दशन गर्न लागिएको बताएका छन् ।

नन्दिता केसि , बाबु बोगटि , स्मृति पोखरेल , राजेश गुरुङ , प्रवेश उप्रेति पल लगायतका कलाकारको अभिनय रहेको छ । अमेरीकामा बसेका र पुगेका नेपालीको लाइफस्टाइललाइ जस्ताको त्यस्तै देखाएको चलचित्रका निर्देशक इश्वर थापाले जानकारी दिए । चलचित्रलाइ राजेश गुरुङ, मिना रानामगर, सम्झना उप्रेतीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।