‘ए मेरो हजुर ३’ को ट्रेलर सार्वजनिक, अनमोल र सुहानाको जोडी कत्तिको सुहायो ? (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: अनमोल केसी स्टारर ‘ए मेरो हजुर ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार निर्देशक तथा अभिनेत्री झरना थापाको जन्मदिनको अवसर पारेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रको ट्रेलर युट्युबमा भने बिहिबार सांझ मात्र सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा मुख्य कलाकार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापाको केमेष्ट्री उत्कृष्ट देखिएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका सम्पुर्ण मुख्य कलाकारलाई स्थान दिइएको छ । स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएकोचलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ । ‘ए मेरो हजुर ३’ आगामी नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट सार्बजनिक प्रदर्शनमा आउनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.