‘लभ स्टेशन’को सहयोगअनाथ बालबालिकालाइ


सेलिब्रेटी नेपाल

काठमाडौँ: नयाँ वर्षको अबसर पारेर यही २२ चैतदेखि देशव्यापी प्रदर्शन हुने चलचित्र ‘लभ स्टेशन’ का तर्फबाट अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले ४५ जना अनाथ बालिबालिकालाई नीजि बिद्यालयमा पढाउँदा लाग्ने भर्ना सहित तीन महिनाको मासिक शुल्क प्रदान गरेका छन् ।

काठमाडौंको गोकर्ण स्थित सँयुक्त एकता अपांग आवाज केन्द्रमा आश्रित ४५ जना बालबालिकालाई यही बैशाखबाट बिधालय भर्ना सहित तीन महिनाको लागि शुल्कबापतको एक मुस्ट रकम शनिबार बिहान प्रदान गरिएको छ । अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले शनिबार बिहान सो अपांग आवाज केन्द्रमा पुगेर विधार्थीहरुका लागि अध्ययन खर्च प्रदान गरेका हुन् ।

विधार्थीहरुलाई भर्ना सहित तीन महिनाको शुल्क प्रदान गर्नुको कारणबारे अभिनेता प्रदीपले भने,‘कलाकारको दायित्व भनेको अभिनयमात्र नभएर समाजसेवा पनि हो । प्रधानमन्त्री, विभिन्न मन्त्री तथा अन्य पेशाका व्यक्तिहरुले विधार्थीहरुको अध्ययन खर्चा जिम्मा लिएर अध्ययनमा प्रेरित गरिरहेको बेला हाम्रो पनि दायित्व हुन आउँछ भनेरै आज हामीले यहाँ रहेका ४५ बालबालिकालाई स्कुल भर्ना सहित तीन महिनाको शुल्क पनि एकमुष्ट बुझाएका हौं ।’

बाँकी शुल्कबारे प्रदीपले भने,‘अहिले चलचित्र लभ स्टेशनका तर्फबाट हामीले यो सहयोग गरेको हौं । यसपछिको लागि अन्य प्रोजेक्टबाट फेरी सहयोग गर्ने छौं र अरुबाट पनि सहयोग मिल्ने आशा हाम्रो छ ।’ सो अपांग केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले करिब एक लाख रुपैयाँ हुन आउने सो खर्चमा सहयोग गरेकोमा धन्यबाद प्रदान गर्दै यस्तो सहयोगको आसा अरुसँग पनि गरिएको बताए ।

यो चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले बिगतमा पनि यहाँ रहेका बालबालिकालाई सहयोग गरेको बताउँदै लभ स्टेशनका तर्फबाट सामाजिक उत्तरदायित्व स्वरुप ४५ जना विधार्थीको तीन महिनाको पढाई खर्च ब्यहोरेको बताए । करेन्टबाट दुबै हात गुमाएकी मेघा घिमिरेलाई पनि यस अघि पनि आफुहरुले एक लाख रुपैयाँ लभ स्टेशनका तर्फबाट प्रदान गरेको प्रस्तुतकर्ता शाहीले जानकारी गराए ।

चलचित्र लभ स्टेशनलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । जसमा अभिनता प्रदीपसँगै जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.