चलचित्र विकास बोर्डको अध्यक्षमा भट्टराई नियुक्त


सेलिब्रेटी नेपाल

काठमाडौँ : चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त भएका छन् । विहीवार मन्त्री परिषद्को बैठकबाट भट्टराईलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो । निकिता पौडेलले राजिनामा दिएपछि रिक्त भएको बोर्ड अध्यक्षको लागि पाँच जनाको दरखास्त परेको थियो । प्रक्रियागत रुपमा भट्टराईलाई मन्त्री परिषद्ले अध्यक्षमा नियुक्त गरेको हो । बोर्डको अध्यक्षमा नियुक्त भएको भट्टराईले शुक्रवारदेखी बोर्डमा हाजिर गर्नेछन् । शुक्रवार बाट नै अध्यक्षको पद सम्हाल्ने केशव भट्टराईले चलचित्र क्षेत्रमा देखिएको बेथितीलाई प्राथमिकता दिने बताएका छन् ।

आफुले विकास बोर्डको अध्यक्ष भएको खण्डमा के कस्ता कामहरुलाई गति दिने विषयमा पूर्ण कार्ययोजना नै मन्त्रालयमा पेश गरेको भट्टराईले केही दिनमा पत्रकार भेटघाट कार्यक्रम गरि कार्ययोजना सार्वजनिक गरिने पनि बताएका छन् ।