वधशाला चल्न नेपाली सेना बाधक



सेलिब्रेटी नेपाल २२ फागुन-नेपाली सेनाले चलचित्र‘वधशाला’ चल्न नदिन दोस्रो पटक पत्राचार गरेको छ । जनयुद्ध कालमा भएको घटनालाई मुख्य बिषय बनाइएको चलचित्र ‘वधशाला’ प्रदर्शनमा प्रतिबन्ध लगाउन भनी सेनाले सोमबार सञ्चार मन्त्रालयलाई चिठ्ठी काटेको छ । अन्तरीम संविधानको मर्म विपरीत सैनिक मुख्यालय जंगी अड्डाले सञ्चार मञ्त्रालयको जवाफी पत्रमा लेखेको छ, ‘यो चलचित्र रिलिज गर्न दिनु हुदैन् ।’सेन्सर नगरी चलचित्र प्रदर्शन गर्न नपाईने प्रावधान अनुरुप सञ्चार मन्त्रालयले आफ्नो निर्णयमा पुर्नविचार गर्न जंगी अड्डालाई पत्राचार गरेको थियो । जवाफमा उस्ले चलचित्र रिलिज पश्चात् जनतासामु सेनाबारे नकारात्मक धारण जाने भन्दै प्रदर्शन गर्न नमिल्ने धारण राखेको हो । जंगी अड्डाले रक्षा मार्फत सूचना तथा सञ्चार मन्त्रालयलाई पठाएको जवाफी पत्र उदृत गर्दै सैनिक प्रवत्ता सुरेश शर्माले भनेका छन्, ‘चलचित्रले सेनाबारे दर्शकमा नकारात्मक धारणा सृजना गर्ने हुँदा हामीले रिलिज गर्न हुदैन भनेर पुरानै अडान राखेका छौ ।’
निर्देशक मनोज पण्डितले भने अब चलचित्र प्रदर्शन गर्ने वा नगर्ने भन्ने विषयमा सर्बोचले फैसला गर्ने छ । ‘बधशाला’ मा सौगात मल्ल, अर्पण थापा, अनुप बराल, दयाह्याङ राई, खगेन्द्र लामिछाने, सरीता गिरी, समुना के.सी लगायतको अभिनय छ । सेन्सर भएको खण्डमा ‘बधशाला’ यही फागुन २५ गते रिलिज हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.