‘दि भ्वाइस अफ नेपाल’को दोस्रो सिजन अडिसन समय एक हप्ता बाँकि


सेलिब्रेटी नेपाल

काठमाडौँ: रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को दोस्रो सिजनको औपचारिक घोषणा गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै हिमालय टीभि एचडी बाट प्रसारण हुने दि भ्वाइसको अफिसियल घोषणाका साथै कार्यक्रमको बारेमा जानकारी गराइयो । सिजन २ को लागी असिडिसन माघ १ गतेबाट नै सुरु भएको आयोजकले जानकारी दिए । डिजिटल अडिसन दिन अब एक साता मात्र बाँकी रहेको छ । चैत्र १० गते रातिबाट डिजिटल अडिसन बन्द हुनेछ । आयोजकले दिएको जानकारी अनुसार हालसम्म करिब १० हजारभन्दा बढिले अडिसन दिइसकेका छन् ।

अडिसनको लागी भने ‘दि भ्वाइस अफ नेपाल’को मोबाइल एप्स डाउनलोड गर्नुपर्नेछ साथै यसपटक देखि सामाजिक सञ्जाल फेसबुक, भाइबर, म्यासेन्जर लगायतकाबाट पनि अडिसन दिन सकिनेछ । यि सामाजिक सञ्जालहरु मार्फत आफ्नो स्वर रेर्कड गरेर पठाउन मिल्नेछ । त्यस्तै यो सिजन १ मा भन्दा यसपटक केही फरक रहने शोका निर्देशक तथा निर्माता लक्ष्मण पौडेलले जानकारी दिए । यसपटक शोमा कोचहरु फेरबदल हुन सक्ने उनले बताए । कोचको साथै होस्ट को हुनेछन् त्यो केही समय भित्रनै सार्वजनिक गरिने पौडेलले जानकारी दिए । दि भ्वाइस असारबाट हिमालय टीभी एचडी मार्फत प्रसारण हुनेछ ।