एक्सन लभस्टोरी ‘अघोरी’ शुभ साइत सम्पन्न


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘अघोरी’ को औपचारिक निर्माण घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा रहेको भद्रकाली मन्दिरमा स्क्रिप्ट पूजा गर्दै मुहूर्त सट लिइएको हो । कलाकार प्रज्वल गिरी, उमेश खड्का र शारदा राज्यलक्ष्मीले मुहूर्त सट दिएका थिए । बिलभ्ड इन्टरटेन्मेन्ट प्रा.लि.का लागि राधादेवी कटुवालले यो चलचित्रको निर्माण गर्न लागेकी हुन् । एक्सन लभस्टोरी जनरामा निर्माण हुने यस चलचित्रलाई भोमन कटुवालले निर्देशन गर्नेछन् ।

चैत्र १ देखि फ्लोर जाने यस चलचित्रमा प्रज्वल गिरी, शारदा राज्यलक्ष्मी शाह, मुनम मल्ल ठकुरी, उमेश खड्का, विन्दा तामाङ, सुरविर पण्डित, अनमोल कार्की, तारा शाही ठकुरीको मुख्य भूमिका रहनेछ । यसै चलचित्रबाट शारदा राज्यलक्ष्मी र मुनम मल्लले डेव्यु गर्न लागेका हुन् । ‘अघोरी’ को चरित्र भने कलाकार प्रज्वल गिरीले निर्वाह गर्नेछन् ।

चलचित्रको विषयमा संक्षिप्त जानकारी दिदै निर्देशक कटुवालले भने, ‘अघोरीले पञ्चायतकालको परिवेशमा रहेर द्धन्दात्मक प्रेमकथा बोल्नेछ । चलचित्रमा ग्रामिण भेगको कथा हामी पस्किदैछौ ।’ यो फिल्मलाई पवन गौतमले खिच्नेछन् । झण्डै ३५ दिनको सुटिङ सेड्युअल लिएर फ्लोरमा उत्रन लागेको यो फिल्मको छायांकन काठमाण्डौं, मुस्ताङ, पूर्व तथा पश्चिमका केही भेगहरु र दुवईमा गरिनेछ । चलचित्रमा राजु किरातको द्धन्द निर्देशन रहनेछ । चलचित्रको गीतमा संगीत भने दीपक शर्मा, ओम सुनार, सरोज कोइराला र सुमन राईले दिनेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.