‘नेपालीको प्रसंशा गरेर थाकेनन् गुलशन ग्रोवर (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: बलिउडका चर्चित अभिनेता गुलशन ग्रोवर तेस्रो पटक नेपाल आएका छन् । बुधबार दिउँसो पाटन दरवार स्क्वायरमा थुप्रै नेपाली दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने क्रममा उनले नेपाल र नेपालीको प्रशंसा गरे । आफू अभिनीत पहिलो नेपाली चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ को प्रिमियरका लागि उनि नेपाल आएका हुन् दर्शक संग साक्षत्कार गर्दै उनले आफू पहिलो पटक आफ्नो सबैभन्दा मिल्ने साथी मनिषा कोइरालासँग नेपाल आएको सम्झिए । उनले भने- ‘तपाईंहरुको देशकी अभिनेत्री मनिषा (कोइराला) मेरो सबैभन्दा मिल्ने साथी हुन् । उनैसँग म पहिलो पटक नेपाल आएको थिएँ । दोस्रो पटक चलचित्र ‘द म्यान फ्रम काठमाडौं’को सुटिंगको लागि र यो तेस्रो पटक हो ।’

उनले आफूलाई नेपाल सबैभन्दा मनपर्ने देश रहेको बताउँदै भने ‘मलाई नेपालको सबै कुरा मनपर्छ । नेपाली खाना मनपर्छ । नेपालको सुन्दरता मनपर्छ । नेपालको कल्चर मनपर्छ ।’ उनले नेपालीहरु एकदम इमान्दार हुने पनि बताए । दर्शकहरुको अत्याधिक मागपछि गुलशनले आफ्ना चर्चित हिन्दी फिल्मका डाइलगहरु पनि सुनाए ।

उनी बिहीवार राजधानीमा हुने ‘द म्यान फ्रम काठमाडौं’ को प्रिमियरमा सहभागी हुनेछन् । आफूले अभिनय गरेको पहिलो नेपाली फिल्म हेरेर प्रतिक्रिया दिन पनि उनले दर्शकलाई आग्रह गरे । उनले दर्शकलाइ चलचित्रको लोगो भएको टि शर्ट र प्रिमियरको टिकट समेत बाँडन भ्याए ‘द म्यान फ्रम काठमाडौं’ यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउँदैछ । गुलशनसँगै पाटन दरवार स्क्वायरमा अभिनेत्री आना शर्मा, कलाकार शिशिर बाङ्देल चलचित्रका निर्माता नकिम उदिम निर्देशक पेमा धोन्डुप लगायत उपस्थित थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.