युवा ज्योतिष हरिहरको ‘टुक्रियो एउटा सपना’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: युवा ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेलको डेव्यु चलचित्र ‘शुभ लभ’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘टुक्रियो एउटा सपना’ बोलको गीतमा प्रेमी र प्रेमीकावीच आउने उतार चढावको कथा पेश गरिएको छ । सार्वजनिक गीतमा विशाल निरौलाको शब्द, संगीत तथा स्वर रहेको छ । सार्वजनिक गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । चैत्र १५ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।

‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।