प्रमोद बन्ने भए ‘हली’


सेलिब्रेटी नेपाल

काठमाडौँ: चिरायु फिल्मस प्रा.ली.को प्रस्तुतिमा बन्ने चलचित्र ‘हली’को शुभ मुहुर्त सम्पन्न भएको छ । राजधानिको ज्ञानेश्वरमा रहेको ज्ञानेश्वर महादेव मन्दिर परिसरमा कलाकार सरोज खनाल, प्रमोद दिप र सुजाता थापाले चलचित्रको मुहुर्त शट दिदै नरिवल फोडेर चलचित्रको शुभमुहुर्त गरिएको हो ।

समसामयिक बिषयमा आधारित चलचित्रमा गाउँ समाजमा घटेका सामाजिक घटनालाई समेटिएको निर्देशक ओम प्रतिक गुरुङले जानकारी दिए । चलचित्रलाई निर्देशक गुरुङले नै लेखेका हुन । निर्मात्री पुजा गुरुङ ‘गर्वि’का पुत्र सचित गुरुङको जन्मदिनको अवसर पारेर चलचित्रको मुहूर्त गरिएको निर्माणपक्षले जनाए । चलचित्रका निर्मातामा पूजा गुरुङ, जस्मिन श्रेष्ठ र गोबिन्द लामिछाने रहेका छन ।

डडेलधुरा, डोटी, बजाङलगायतका रमणिय स्थानमा आगामी चैत्र दोस्रो साताबाट छायाँकन सुरु गरिने चलचित्रमा सरोज खनाल, प्रमोद दीप, सुजाता थापा, ओम प्रतिक गुरुङ, अरुणा कार्की, बिद्या कार्की, सिपी पौडेल, अर्जुन गुरुङ, कञ्चन दुलाल, सुरेश नगरकोटीलगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा राहुल राईको छायांकन, शम्भुजित बास्कोटा र कृष्ण भारद्वाजको सङ्गीत, कुमार महर्जनको द्वन्द्व तथा राम प्यासिको कोरियोग्राफी रहनेछ ।

Copyright © 2012 - 2026 | All Right Reserved.