सपिङ्ग मलमा आएकालाइ नक्कलीबिहे र ‘कागजपत्र’ को बारेमा जानकारी


सेलिब्रेटी नेपाल

काठमाडौँ: अपिल बिष्टको निर्देशनमा बनेको चलचित्र ‘कागजपत्र’को प्रचार प्रचारलाई निर्माण टिमले तिब्रता दिंदै लागेको छ । आगामी चैत्र ८ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने हुने चलचित्रको पहिलो चरणमा काठमाडौ, ललितपुर, भक्तपुरमा सञ्चालनमा रहेका ठुला सपिङ्ग मलमा प्रचार गरिने निर्देशक अपिल बिष्टले बताए । चलचित्रको प्रदर्शन मिती नजिकिएसँगै प्रचार प्रसारका नयाँ र दर्शकलाई हलसम्म डोर्याउन सहयोग गर्ने प्रभावकारी कार्यक्रम गर्ने सोचमा निर्माण टिम रहेको छ ।

महाशिवरात्रीको दिन काठमाडौंको सिटी सेन्टरबाट सुरु गरेको प्रचार प्रसार कार्यक्रमको निरन्तरता स्वरुप शनिबार काठमाडौंको चुच्चेपाटी स्थीत के. एल. टावरमा दर्शकसँग प्रत्यक्ष भेटघाट तथा चलचित्रको बारेमा जानकारी कार्यक्रमको आयोजना गरिएको थियो । अब हरेक शनिबार राजधानी लगायतका विभिन्न सपिङ्ग मलमा चलचित्रको प्रचार गरिने निर्माण टिमले जनाएको छ । यसका साथै प्रचार प्रसारका अन्य थुप्रै कार्यक्रमहरु सार्वजनिक गर्दै जाने निर्माण टिमको योजना छ ।

नक्कली बिहे गरेर अष्ट्रेलिया जान चाहनेहरुको कथामा निर्माण भएको चलचित्रमा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक, लक्ष्मी वर्देवा, जीवन भट्टराई, आरजेस रेग्मी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । चलचित्रको यसअघि सार्वजनिक गीत मायाको संसार र ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेकाले गर्दाै पनि चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमलाई छ ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको सिनेमामा वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीको लगानी रहेको छ । यस्तै ‘कागजपत्र’मा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रमा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासमिर डिक्शनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.