‘सिम्पल सम्मान २०७५’ बाट कलाकार तथा पत्रकार सम्मानित


सेलिब्रेटी नेपाल

काठमाडौँ: कलाकर्मी र पत्रकारलाई राजधानीमा आयोजित एक समारोहबिच सम्मान गरिएको छ। साहित्य, संगीत र कलामा समर्पित संस्था सिम्पल आर्टसले राजधानी काठमाडौँमा एक समारोहको आयोजना गरी नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीसहित कलाकर्मीलाई ‘सिम्पल सम्मान २०७५’ बाट सम्मानित गरेको हो।

आर्टस्का अध्यक्ष पुष्कर जंगमको सभापतित्वमा सम्पन्न २१औं सिम्पल सम्मान अर्पण कार्यक्रममा प्रमुख अतिथि चलचित्र निर्देशक तथा लेखक लक्ष्मीनाथ शर्मा रहेका थिए । पत्रकार गिरी, अभिनेत्री सुष्मा कार्की, साहित्यकार विधान आचार्य, चित्रकार अरुणा हिङमाङ र नव कलाकार कुबेर दाहाललाई आ आफ्नो क्षेत्रमा योगदान पुर्याए वापत सम्मान गरिएको हो। संगीतकार बुलु मुकारुङ भने कार्यव्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन सकेनन्।

समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाका उपाध्यक्ष तथा गायक सीताराम पोखरेलले स्वागत मन्तव्य व्यत्त गर्दै सिम्पल सम्मान सबैको साथ र समर्थनका कारण मानक सम्मान बन्दै गएको चर्चा गरे भने निवर्तमान अध्यक्ष शंकर भारतीले हरके वर्ष संस्थाको छनौट कमिटीले आन्तरिक मूल्यांकनका आधारमा विभिन्न क्षेत्रका स्रष्टालाई सम्मान गर्दै आएको बताए।

त्यसै गरी महासचिव केशव सान्दाईले संस्थाको गतिविधिको बारेमा प्रकाश पारे भने सल्लाहकार तथा जनप्रतिनिधि सरोज ढकालले संस्थानको सम्मान अर्पणको निरन्तरताको बारेमा चर्चा गरे। त्यसै गरी संस्थाका अध्यक्ष जंगमले अगामी दिनमा सिम्पल आर्टस्का गतिविधि र कार्यक्रमलाई अझ बृहत बनाउँदै जाने बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.