सलिनमान हेटौडा महोत्सवमा, गरे ‘यात्रा’ को प्रचार


सेलिब्रेटी नेपाल

काठमाडौं: डेब्यु चलचित्रबाटै स्टारको ट्याग पाएका सलिनमान बनियाँलाई प्रत्यक्ष हेर्नको लागि हेटौडामा जारि औधोगिक मेलामा दर्शकको भिड उर्लिएको छ । गत फागुन १६ देखि चलिरहेको औधोगिक मेलमा शनिवार २० हजारको हाराहारीमा दर्शक रहेको आयोजकले जनाएको छ। शनिवार सलिनमान आफ्नो प्रदर्शनको तयारीमा रहेको चलचित्र ’यात्रा : अ म्युजिकल भ्लग’ को प्रचार प्रसारको लागि निर्माण टिम सहित पुगेका थिए । सलिनमानसँगै सलोन बस्नेत, मलिका महत, जान्हवी बस्नेत, रेअर राई, विशाल सापकोटा, प्रेक्षा बज्राचार्य सहित निर्माता सुशील पोखरेल र प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिज कुमार श्रेष्ठ मेला पुगेका थिए ।

सलिनमान झन्डै १० मिनेट स्टेजमा रहदा उनले चलचित्र को गीत ‘चट्ट रुमाल’ मा नृत्य गर्नुका साथै चलचित्रमा समावेश केही डायलग समेत बोलेर दर्शकलाई मनोरंजन दिएका थिए ।

सलिनमाले यात्रामा भ्लगरको भूमिकामा छन् । यात्राको क्रममा आउने घटनाक्रमलाई चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रमा जयनन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेको छ । यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । यात्रामा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता केशव भट्टराई र चिज कुमार श्रेष्ठ हुन् । सुशिल पोखरेल निर्माता रहेको चलचित्रमा सर्जुमान लिगल कार्यकारी निर्माताको रुपमा रहेका छन् । ‘यात्रा’मा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माता रहेका छन् । चलचित्रको कथापनि निर्देशक सम्राट शाक्यले नै लेखेका हुन् । सम्राटको कथालाई उनका अलवा सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले मिलेर पटकथामा ढालेका हुन् । चलचित्रमा संजय लामाको छायांकन, प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको सँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत, बनिश शाहको सम्पादनको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.