दिपशिखाको ‘प्रेमलिला’ दोस्रो ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘प्रेमलिला’ को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । चैत्र ८ गतेबाट प्रदर्शनमा आउने चलचित्रको सार्बजनिक दोश्रो ट्रेलरले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । करिब एक महिना अघी सार्बजनिक गरिएको भन्दा छोटो बनाएर ट्रेलर प्रस्तुत गरिएको हो । चलचित्रमा अभिनेत्री तथा निर्मात्री दिपशिखा खड्का हुन भने अलि खान र मौसम खड्का पनि मुख्य भूमिकामा रहेका छन् ।

अन्तर्देशीय प्रेमकथा समेटिएको चलचित्रमा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत रहेको छ । चलचित्रमा दीपशिखा खड्का, भारतीय मोडल अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । अभिनेत्री खड्का कै कथा तथा लेखन रहेको चलचित्र लाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.