‘आजकल संगीत धेरै महँगो भई सकेको छ’ गायक सुरज


सेलिब्रेटी नेपाल

काठमाडौँ: काठमाडौँ बालाजुमा जन्मिएका गायक सुरज मानन्धर २०६० सालबाट नेपाली गीत सांगेतमा प्रवेश गरेका हुन् । नेवारी एल्बम निकालेर संगीतमा प्रवेश गरेका मानन्धरको पहिलो रेकर्डेड गीत ‘सागर मैंले देखेको छैन’ हो । पहिलो गीतमा शब्द तथा संगीत गायक स्वयम् सुरजको नै रहेको छ । त्यो बेला आफ्नो गीतबाट साथी संगतबाट धेरै नै हौसला पाएका थिए । अहिलेको जस्तो त्यति बेला धेरै मिडियाहरु थियनन । रेडियोहरुमा चाहिं गीत बज्ने गर्दथे उनले आफ्नो अनुभव सुनाए । घर परिवारबाट गीत संगीतमा लाग्ने प्रेरणा पाएका उनले हाल सम्म २ दर्जन भन्दा धेरै गीतमा आफ्नो स्वर दिई सकेका छन् ।

मानन्धर सानो छँदा घरमा सांगीतिक माहोल थियो । उनका हजुरबुवा टोलका सांगीतिक गुरु थिए हजुरबुवा पूर्ण बहादुर मानन्धरबाट संगीतमा लाग्ने प्रेरणा पाएका सुरज संगीतलाइ आफ्नो जीवनको अभिन्न अंगको रुपमा लिने गर्दछन । स्कुलमा पनि संगीतको औपचारिक शीक्षा लिएका उनका सांगीतिक गुरु धेरै जना रहेका छन् । चन्दन कुमार श्रेष्ठ संग बिगत ७ बर्ष देखी शास्त्रीय संगीत सिकिरहेका मानन्धर भन्छन ‘सुरुमा संगीत नसिक्दा धेरै जाने जस्तो लाग्थ्यो अहिले जति सिक्दै गयो त्यति नजानेको जस्तो लाग्छ जति सिक्यो त्यति धेरै सिक्नु पर्ने रहेछ भन्ने लाग्न थालेको छ’। आजकल संगीत धेरै महँगो भई सकेको छ । सोखको रुपमा आउनेहरु थोरै मात्र हुन्छन त्यो पनि धेरै कमाइ भएकाहरु मात्र उनि भन्छन । नेपाली संगीत क्षेत्रमा चलेका २-४ जनाको पछि मात्र सबै जना लाग्ने गरेको उनको आरोप छ । ‘अहिले एकै किसिमका गायक गायिकाहरुले मात्र चान्स पाई रहेका छन् , नव प्रतिभालाई कसैले पनि सहयोग गर्दैनन्’ उनले भने ।

गायक सुरजले ६ वटा गीतको भिडियो पनि निर्माण गरि सकेका छन् । अझै पनि निरन्तर संगीत सृजनामा लागि परि रहने सोचमा रहेका मानन्धर आफ्ना रेकर्ड भएका नयाँ गीतहरुको भिडियो बनाउने तयारीमा छन् । ‘आफुले उत्कृस्ट सृजना गर्ने हो बाँकि सबै दर्शक श्रोताको हातमा छ,’ उनि थप्छन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.