दिपशिखाको ‘प्रेमलीला’ चैत्र ८ मा


सेलिब्रेटी नेपाल

काठमाडौँ: पटक पटक प्रदर्शन मिति सार्दै आएको चलचित्र ‘प्रेमलीला’ अब चाहिँ चैत्र ८ गते बाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको भिएफएक्सको काम नसकिएको कारण चलचित्र निर्माण टिमले प्रदर्शनलाई पछी सारेको चलचित्रकी अभिनेत्री दिपशिखा खड्काले बताएकी छिन् । वितरक कम्पनी र निर्माण टिम बिच चैत्र ८ गते चलचित्र सार्वजनिक प्रदर्शनमा ल्याउने सहमती भइसकेको समेत नायिका खड्काले बताएकी छिन् ।

अन्तर्देशीय प्रेमकथा समेटिएको चलचित्रको दुई गीत र ट्रेलर सार्वजनिक भइ सकेको छ । पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत रहेको छ ।

चलचित्रमा दीपशिखा खड्का, भारतीय मोडल अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथा तथा लेखन रहेको चलचित्र लाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।