‘पुरानो बुलेट’को शिर्ष गीतमा अनुप बिक्रम


सेलिब्रेटी नेपाल

काठमाडौँ: चैत १ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘पुरानो बुलेट’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक लिरिकल गीतमा स्वर, शब्द तथा संगीत जयन जे. वाइवाको रहेको छ । सार्वजनिक भएको यस भिडियोमा चलचित्रका केही दृश्यहरु समेत समेटिएका छन् । क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्र ‘पुरानो बुलेट’को ट्रेलर केही समय अगाडी सार्वजनिक गरिएको थियो । सार्वजनिक ट्रेलरलाई दर्शकले मनपराएका छन् । पत्रकारीतामा लामो समयदेखी काम गरिरहेका भिषण राईको निर्देशनमा बनेको चलचित्रमा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोक कुमार राई, टिका राम राई लगायत कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा–पटकथा निर्देशक स्वयम भिषण र कार्यकारी निर्माता सन्तोष राईले लेखेका हुन् । चलचित्रलाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा सन्तोष राई हुन् । हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बु र जयन जे. वाइवाकोे संगीत, प्रसान्त तामाङको कोरियोग्राफी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.