प्रदिप र जसिताको ‘लभ स्टेशन’ ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ:प्रदिप खड्का र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो पारिवारिक प्रेम कथामा आधारित चलचित्रलाइ उज्ज्वल घिमिरेले निर्देशन गरेका छन्। साहिल खानले चलचित्रको ट्रेलर काटेका हुन् । सार्बजनिक ट्रेलरमा माया प्रेम बिछोडका साथै कमेडी दृश्यहरुले स्थान पाएको छ ।

‘लभ स्टेशन’ मा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय रहेको छ । ‘लभ स्टेशन’ लाई काफिया फिल्मस्को व्यानरमा गोबिन्द शाही, काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यस चलचित्रमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ । आलोक शुक्लाले छायाँकन गरेको चलचित्रलाइ अर्जुन जिसी र लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । चलचित्रमा शिशिर खातीको कोरियोग्राफी,कुमार श्रेष्ठको द्वन्द,सुबास सिंह बस्न्यातको लेखन रहेको छ चलचित्र चैत्र २२ गतेबाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।