‘यात्रा’ को ‘चट्ट रुमाल’ सार्बजनिक सलिन संगै सलोनले मर्काए कम्मर (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘यात्रा’ को दोश्रो गीत सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रमा समाबेश ‘चट्ट रुमाल’बोलको गीत सार्बजनिक गरिएको हो। चलचित्र आफ्नो मान्छे’ मा समावेश गीत ‘चट्ट रुमाल’ लाई ‘यात्रा’ मा समाबेश गरिएको हो। स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र नीरुता सिंहको नृत्य रहेको निकै चर्चित यस गीतलाई रि -एरेन्ज गरेर चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ राखिएको हो । गीत सार्बजनिक कार्यक्रमममा यस गीत संग सम्बन्धित श्रस्टाहरुलाइ सम्मान पनि गरिएको छ।

बाबुराम दाहालको शब्द रचनामा तयार गीतमा संगीत शम्भुजित बास्कोटाको रहेको छ भने यसमा शम्भुजित र साधना सरगमले स्वर दिएका थिए । रि-एरेन्ज गरिएको गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् भने यसलाई राजन इशानले रि-एरेन्ज गरेका हुन् । गीतलाई प्रविन सिंहले कोरियोग्राफ गरेका छन् । गीतमा राइजिङस्टार सलिनमान बनियाँ , सलोन बस्नेत , डेब्यु गर्ल मलिका महत , जान्हवि बस्नेत , रेअर राई , प्रेक्षा बज्राचार्य, विशाल सापकोटा लगायत फिचर्ड छन् ।

चलचित्रमा सुहाउदो स्थान भएकाले गीतलाई राखिएको निर्माता केशव भट्टराईले बताएका छन् । उनि चलचित्र ‘यात्रा’ का निर्माता मध्यका एक हुन् भने ‘आफ्नो मान्छे’ मा पनि उनि निर्माता थिए ।चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका छन् । दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक थिए । चलचित्रमा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

यसैचलचित्र मार्फत मल्लिका महतले डेब्यु गर्दै्िछन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । चलचित्रमा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता छन् बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् । चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । चलचित्रमा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।

चलचित्रको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । चलचित्रमा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.