सामाजिक कथा ‘साइँली’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: रामबाबु गुरुङ निर्देशित चलचित्र चलचित्र ‘साइँली’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच को चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । पैसाको अभावले परिवारमा आउने उतार चढावको कथा चलचित्रले उठान गरेको छ । २०१७ को सुपरहिट गीत ‘साइँली’को नाम सापटी लिएर चलचित्र निर्माण गरिएको हो । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकारलाई स्थान दिइएको छ ।

जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्र लाइ गायक हेमन्त राना र गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा गौरव पहारी,दयाहांग राइ,मेनुका प्रधान,इस्टु कार्की,माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको चलचित्रमा बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् । भने चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । चलचित्रमा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र चैत्र १५ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.