‘जात्रै जात्रा’ अतिथि बनेर देखिने भए करिश्मा र निश्चल


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘जात्रै जात्रा’ मा अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र सारा सीर्पाइली अतिथि भूमिकामा देखिने भएका छन् । ‘माया पिरिम’ बोलको गीतमा चलचित्रका मुख्य पात्र बिपिन कार्की र बर्षा राउतसँगै उनीहरुको पनि नृत्य छ । चलचित्रका अर्का कलाकार दयाहाङ राइ ,रविन्द्र झा र रविन्द्र सिंह बाँनियालाई पनि गीतमा देख्न सकिनेछ । कविराज गहतराजले कोरियोग्राफी गरिरहेको चलचित्र ‘जात्रै जात्रा’ को गीतमा मनिषा पोखरेल र निशान भट्टराइको स्वर छ भने लेखु सहयात्रीको शब्द र कृष्ण भारद्धाजको संगीत छ । शिवराम श्रेष्ठले छायांकन रहेका छन् । प्रदिप भट्टराइले निर्देशन गरिरहेको चलचित्र मा कलाकार रविन्द्र सिंह कार्यकारी निर्माता र सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा रहनेछन् ।।

चलचित्र ‘जात्रा’को सिक्वेल हो । बैवाहिक माहोलको गीतमा करिश्मा, निश्चल र साराको नृत्य मात्र रहेको छ । यो चलचित्रसँग जोडिन पाउँदा करिश्मा मानन्धरले खुशी व्यक्त गरिन् । उनले भनिन, ‘यो चलचित्र कहिले प्रर्दशन हुन्छ भन्ने पर्खाइमा थिएँ । चलचित्रको गीतमा आफुलाई पनि देख्न पाउने भएपछि झ्न उत्साहित भएको छु ।