’चुलो चौका’ भन्दै सन्नी र सुमीले मर्काए कम्मर


सेलिब्रेटी नेपाल

काठमाडौँ: गत माघको तेस्रो साता राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको चलचित्र ’सरौतो’ को राजधानीको सेड्युल सकिएको छ । निर्माण टिमले लोक लयको गीतको छायाँकन ललितपुर स्थित सानेपाको इन्टरनेशनल क्लबमा गरेको हो । उक्त गीतमा सुमी मोक्तान र सन्नी सिंह बेहुला तथा बेहुलीको साथीको रुपमा देखिएका थिए । यस गीतमा छायाँकन भईरहेको पार्टलाई इम्याजीन सिनको रुपमा डेब्यु निर्देशक हरी हुमागाईले ब्याख्या गरे । ’स्कुलमा एउटा कार्यक्रममा आयोजना गरिएको कार्यक्रममा हिरोको सम्झनामा आउने सिनको छायाँकन गरिरहेका छौ’ हरीले भने ’डेब्यु चलचित्रमा सबैको सहयोग पाएर काम राम्रो भइरहेको छ, चलचित्र र गीतलाई दर्शकले इन्जोय गर्नु हुन्छ ।’ उनले टिमवर्कले सोचिएको र लेखिएको दृश्यलाई कैद गर्न सफल भइरहेको समेत प्रस्ट्याए । गीतलाई लिएर उनि झनै विश्वत छन् । ’गीत जन जिब्रोमा झुण्डिने किसिमको छ’ उनले भने ’राम्रो गर्ने कोसिस गरेकाछौ, आश छ हाम्रो कोसिस दर्शकलाई मन पर्नेछ ।’

छायाँकन भईरहेको गीत ’चुलो चौका’ मा राजनराज शिवाकोटीको र अञ्जु पन्तको स्वर रहेको छ भने यसमा राजनकै शब्द र संगीत रहेको छ । यसै चलचित्र मार्फत कोरियोग्राफीमा डेब्यु गर्ने तयारीमा रहेकी निलिशा शाक्य पनि आशावादी छिन । ’गीतलाई जसरी तयारी गरेका थियौ त्यसै अनुरुप छायाँकन भईरहेको छ’ उनले भनिन् ’कोरियोग्राफीमा पहिलो भएपनि सबैले कोअपरेट गर्नु भएको छ ।’

गीतबाट सुमी निकै आशावादी छिन । ’मैले यस लोकलयको गीतमा पहिलो पटक डान्स गरिरहेकी छु तर रमाइलो भईरहेको छ’ सुमी भन्छिन् ’गीतमा केहि नयाँ कन्सेप्ट दिने कोसिस गरेका छौ ।’ गीतमा सुमी सँगै सन्नी पनि फिचर्ड छन् । चलचित्र ‘डायरी’ मार्फत डेब्यु गरेका सन्नीले गीतलाई इन्जोय गरिरहेको बताएका छन् । ’गीत लोकलयको भएकोले इन्जोय गरिरहेको छु’ उनि भन्छन् ’डान्स मलाइ सहज लाग्दैन तर यसगीतमा भने कम्फर्ट फिल गरिरहेको छु ।’ गीतमा बेहुला र बेहुलीको रुपमा क्रमश पराकर्म पीजेबी राणा र सम्पदा दाहाल देखिएका छन् । स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रमा सह निर्माताको रुपमा श्री महर्जन रहेका छन् । एक्सन र रिभेन्जको कथामा बन्ने चलचित्रमा सुमी र सन्नीसँगै विजय लामा , युवराज लामा , आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , मनोज तामांग लगायतको अभिनय रहेको छ ।

चलचित्रमा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , शंकर महर्जनको द्वन्द रहनेछ । राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री र कोसिस क्षेत्रीको संगीत रहनेछ । काठमाडौँमा तिन हप्तामा पहिलो सेड्युल सकाएपछि टोली सिम्रौनगठ लगायतका तराइको स्थानमा छायांकन गर्न लाग्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.