सेलिब्रेटी नेपाल
काठमाडौँ: सविना लो तामाङको शब्दमा गायक सुनिल छिदालको स्वर रहेको मर्मस्पर्सी गीत ‘तिम्रो याद’को भिडियो सार्वजनिक गरिएको छ । मोडल तथा रचनाकार तामाङको जन्म दिनको अवसर पारेर बियोगान्त शैलिमा बनेको यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा सनम पुरुषको संगीत र केबी भण्डारीको एरेन्ज रहेको छ । राजकुमार महर्जन निर्माता रहेको गीतको भिडियोलाई प्रदिप सिं थापाले निर्देशन गरेका हुन । भिडियोमा सविना, योगराज र प्रदिपको अभिनय रहेको छ । भिडियोलाइ सेलिब्रेटी नेपालले निर्माण गरेको हो । मच्छेनारायन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन । भिडियो लाइ डब्लु पी इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।