वैशाख २७ मा आउने भयो गौरव र अनुको ‘पसिना’


सेलिब्रेटी नेपाल

काठमाडौँ: नन स्टप क्रियशनको ब्यानरमा निर्देशक आर.बी. खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्र ‘पसिना’ को प्रदर्शन मिति फाइनल गरिएको छ । चलचित्र आउँदो बर्षको वैशाख २७ गतेबाट देशभर प्रदर्शन हुने भएको छ । निर्माण टिमका अनुसार वितरक संग छलफल गरेर चलचित्रको प्रदर्शन मिति फाइनल गरिएको हो । अब यो मिति बाट चलचित्र पछि नहट्ने निर्देशक आर.बी. खत्री ‘शरद’ ले जानकारी दिए निर्देशक खत्री कै कथा रहेको चलचित्रमा शान्ता ढकाल र संजय महत्तोको लगानी रहेको छ ।

चलचित्रमा गौरव पहारी, अनु शाह,सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत छ । ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको चलचित्र समसामयिक कथामा बनेको छ । पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश चलचित्रले दिने निर्देशकले बताए ।