ज्योतिष हरिहर अभिनित ‘शुभलभ’को ट्रेलर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘शुभलभ’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार सामाजिक सञ्जाल युट्युब मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । युवा ज्योतिष हरिहर अधिकारको डेब्यु चलचित्रको कथामा मुख्य पात्रको चरित्र केही हदसम्म आफ्नो जीवनमा मेल खाने हरिहर अधिकारीले बताएका छन् । ‘शुभलभ’मा हरिहर अधिकार र कृष्टिन पौडेलको जोडी बाँधिएको छ ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता श्री प्रदीप कुमार उदय हुन् । चलचित्रलाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।

‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । चलचित्र आगामी १५ गतेबाट सार्बजनीक प्रदर्शनमा आउनेछ ।