सेलिब्रेटी नेपाल
काठमाडौँ: तामाङ कथानक चलचित्र ‘ङ्हो’ (भाग्य) मा समाबेश पहिलो गीत सार्बजनिक गरिएको छ । शुक्रबार राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गरेर निर्माणपक्षले चलचित्रको बारेमा जानकारी दिंदै गीत सार्बजनिक गरेको हो । ‘ङ्हो’ मा समुदायमा रहेका थरमध्ये स्वाँगेभाई सहअस्तित्व र कुटुम्ब साइनोबीच अज्ञानता र दुविधाले पारिएको समस्यालाई चलचित्रमा उजागर गर्न खोजिएको निर्देशक भुवन स्याङ्बो तामाङले बताए ।
फापरे फिल्मस् प्रालिको प्रस्तुतिमा बनेको चलचित्रको निर्माता सुनिमाया तामाङ हुन् । त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र उत्तरी धादिङको रुबीभ्याली क्षेत्र र आसपासमा बोलिने भाषालाई चलचित्रमा प्रयोग गरिएको अभिनेता किसमान तामाङले बताए । उनले थपे आंशिक रुपमा नेपाली भाषा पनि प्रयोग भएको छ भने सवटाइटल अंग्रेजीमा रहेको छ । चलचित्रको कादे ज्याबा ह्याङ्ला माया…. बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा भने पूर्वपश्चिमको मध्यम भाषा प्रयोग गरेर सम्पूर्ण तामाङ समुदायमा समेट्न खोजिएको छ । गीतमा फुलकुमार बम्जनको शब्द, टिक बम्जनको संगीत र स्वरमा जितु लोप्चनको पनि साथ रहेको छ ।
चलचित्र धादिङको गंगाजमुना गाउँपालिका, लताव, धुसेनी, तावल, काठमाडौंका केही भाग र सिन्धुपाल्चोकको गुफाडाँडा लगायतका सुन्दर स्थानमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रको कुल लागत करिब २० लाख रहेको पनि निर्माण पक्षले बताए । २०७६ को नयाँ वर्ष संघारमा राष्ट्रिय सभागृहमा बैशाख ७ गते च्यारिटी शो गरिने जानकारी दिए । ‘ङ्हो’ मा आरम्भ तामाङ, किसमान तामाङ, निर्मला तामाङ, एलेक्स घले, छिमी माम्बा, मारनेन वाइबा, अनिता तामाङ, डोल्मा तामाङ, राजन तामाङ, निलमान तामाङ, रोज तामाङ, रिमान तामाङ, विजय तामाङ, झरना गुरुङ, सुमी तामाङ र बाल कलाकार तेञ्जिङ सोनामले अभिनय गरेका छन् । नरमान (रविन) तामाङको पटकथा, राहुल राई र सुर्य लामा छायांकन र राजु तामाङ द्धन्द्ध निर्देशन रहेको छ । टिका बम्जन र सागरएस वाइबाको संगीतमा पवनवाङ लामाले एरेञ्ज गरेका छन् । विष्णु खड्का र सुर्य लामाले सम्पादन गरेको चलचित्रमा कलरिङ भिएफएक्स विकास ज्ञवालीले गरेका छन् ।