पलको जन्मदिनमा ‘विर विक्रम २’ प्रदर्शन मिति सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ:मिलन चाम्स निर्देशित चलचित्र ‘वीर विक्रम २’ को प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर लचित्रको प्रदर्शन मिती सार्बजनिक गरिएको हो । अब यो चलचित्र आगामी वर्षको जेष्ठ ३ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ ।

नयाँ कथामा निर्माण भएकाले ‘वीर विक्रम २’ सिक्वेल नभएको निर्माण टिमको भनाई छ । यो चलचित्रबाट अभिनेता आकाश श्रेष्ठले अन्तिम समयमा हात झिकेपछि पल शाह उनको ठाउँमा भित्रिएका हुन् । चलचित्रमा पलका अलवा वर्षा सिवाकोटी,नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको चलचित्र मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्रमा अपर्ण सापकोटा सह निर्माताको रुपमा रहेका छन् । ‘विर विक्रम २’ को कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । चलचित्रमा सुदीप बरालको छायांकन, रञ्जीत गजमेजर, राजनराज सिवाकोटी र तारा प्रकाश लिम्बुको संगीत, हिमाल केसीको द्वन्द्व, बनिष शाहको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.