लव स्टोरी ‘जानी नजानी’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘जानी नजानी’ को ट्रेलर सार्वजानिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा चलचित्रको कथासार र क्यारेक्टरलाई परिचित गराइएको छ । मुख्य कलाकार मनिष श्रेष्ठ , नम्रता श्रेष्ठ , सन्नी सिंहसँगै डेब्यु गर्ल निरिशा बस्नेतको परिचयसँगै यिनको क्यारेक्टरलाई प्रस्ट्याइएको छ । चलचित्र पूर्णतया लभ स्टोरी रहेको डेब्यु निर्देशक बसन्त अधिकारीले बताए । धेरै सफल चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका अधिकारी यसै चलचित्र मार्फत निर्देशनमा डेब्यु गर्दैछन ।

आधुनिक प्रेम कथामा आधारित चलचित्रको कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । चलचित्रमा प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । चलचित्रमा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । चलचित्रमा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ चलचित्रमा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित चलचित्रकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । चलचित्रमा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ । चलचित्र चैत्र १ गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।