अष्ट्रेलिया जानेको कथा व्यथा ‘काजगपत्र’ ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजीत एक कार्यक्रमका विच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । अष्ट्रेलिया जान गरिने नक्कली विवाहको कथा चलचित्र बोल्ने छ । सार्वजनिक ट्रेलरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक, लक्ष्मी वर्देवा, जीवन भट्टराई आरजेस रेग्मी लगायतका कलाकारलाई स्थान दिइएको छ ।

इपी एजुकेशन अष्ट्रेलिया प्रस्तुतकर्ता रहेको चलचित्र वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको हो चलचित्रमा अपिल बिष्टको लेखन तथा निर्देशन रहेको छ । ‘कागजपत्र’ सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक अपिल बिष्टले बताए ।

खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माता रहेको कागजपत्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रमा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासमिर डिक्शनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र आगामी चैत्र ८ गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.