सेलिब्रेटी नेपाल
काठमाडौँ: चलचित्र ‘आप्पा’ मा समाबेश दोश्रोगीत सार्वजनिक गरिएको छ । चलचित्रमा समाबेश ‘साँझ परे पछि’ बोलको गीत सोमबार दिउँसो समाजिक सञ्जाल यु ट्युबबाट सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा निर्देशक अनमोल गुरुङको शब्द तथा संगीत छ भने गीतमा निर्देशक गुरुङ र स्नेहश्री थापाको स्वर रहेको छ । चलचित्रको सार्वजनिक गीतमा मुख्य कलाकार सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चालाई फिचर्ड गरिएको छ ।
आगामी वर्षको जेष्ठ २४ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रमा बाबु छोराको सम्बन्धको कथा समाबेश गरिएको छ चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।
चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।