पुरानो बुलेट ट्रेलर : अनुपको प्रेम वर्षा वा माला (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘पुरानो बुलेट’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो सार्बजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु लाई विषेश स्थान दिइएको छ । सार्वजनिक ट्रेलरमा माया, प्रेम र विछोडलाई मुख्य स्थान दीएको छ । चलचित्रमा अनुप, बर्षा र मालाका अलवा कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रको कथा, पटकथा तथा संवाद लेखनमा निर्देशक भीषणले सन्तोष राईसँग सहकार्य गरेका छन् । सन्तोष राई चलचित्रका कार्यकारी निर्माता पनि हुन् । ‘पुरानो बुलेट’लाइ अशोककुमार राई (साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत, हरि घले लामाको छायाँकन, प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेका छ । ‘पुरानो बुलेट’ को यहि फेब्रुअरी २३ तारिखमा हङकङमा वर्ल्ड प्रिमियर हुँदैछ । चलचित्र नेपालमा भने चैत्र १ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।