राजेश हमाललाई ‘शान्ति तथा मानवता’ अवार्ड प्रदान


सेलिब्रेटी नेपाल

काठमाडौँ: बज्रकिल्या प्रोडक्शनले आयोजना गरेको ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ कार्यक्रम सम्पन्न भएको छ। शनिबार काठमाडौंको होटल र्‍याडिशनमा आयोजना भएको कार्यक्रममा महानायक राजेश हमाल, पत्रकार ऋषी धमला, रेस्लर हिमालयन टाइगर लगायत ११ व्यक्तिलाई ‘शान्ति तथा मानवता’ अवार्ड प्रदान गरिएको थियो।

फिलिपिन्सकी राजकुमारी हर हाईनेस मारिया लियोनोरा टोरेसले उक्त अवार्ड प्रदान गरेकी हुन् । शान्ति तथा मानवताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै हमाल, धमला, हिमालयन टाइगर लगायतलाइ उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै बज्रकिल्या प्रोडक्शनको सीइओ जाम्पा फुर्वा दोर्जे लामाले हिमालय क्षेत्रको भाषा, संस्कृति संरक्षण गर्न र नेपाली चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय रुपमा अघि बढाउन ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ कोशे ढुंगा सावित हुने बताउनुभयो। साथै नेपाली समाजमा यथावत रहेको आर्थिक, सामाजिक असमानता हटाउनुपर्नेमा जोड दिंदै उहाँले प्रत्यक बर्ष नेपालका ५ जना बालबालिकालाई छात्रवृत्ति दिने घोषणा समेत गर्नुभयो।

कार्यक्रममा फिलिपिन्सकी राजकुमारी टोरेसले शान्ति र मानवता सबैले आत्मसात गर्न सके मात्र यसले दिगो रुप लिने बताउँदै शान्ति र मानवताको क्षेत्रमा योगदान दिन महात्मा गान्धी र मदर टेरेसाको जस्तै कार्य गर्नुपर्ने भ्रम चिर्नुपर्ने बताउनुभयो। महानायक राजेश हमाल नेपालमा यस्तो सम्मेलन आयोजना हुनु गर्वको बिषय रहेको बताउदै जुनसुकै क्षेत्रमा आबद्ध भएका व्यक्तिले मानवतामा जोड दिएर अघि बढ्नुपर्ने औंल्याउदै शान्ति र मानवताले नै मानिसलाई लामो समयसम्म अस्तित्वमा राख्ने बताउनुभयो।

उक्त सम्मेलनमा माईकल ज्याक्शन फाउण्डेशन, नेल्शन मण्डेला फाउण्डेशन र उहाँहरुको परिवारसँग निकट रहि एडभेन्चर ह्युमानिटी नामक संस्था सञ्चालन गर्दै आएको र क्यान्स फिल्म फेस्टिभल फ्रान्सको अन्तर्राष्ट्रिय संयोजक रिचर्ड निल्शन, स्वर्गीय माईकल ज्याक्शनका अर्को अवतार भनि प्रसिद्धि कमाएका अन्तर्राष्ट्रिय कलाकार मसाकी माईकल, कम्बोडियाका प्रधानमन्त्रीका सल्लाहकार डा. साम दरा, श्रीलंका पर्यटन बोर्डका प्रमुख जेफ गोनीवार्डेनाथ लगायतको सहभागिता रहेको कार्यक्रममा मसाकी माईकल लगायत तिरुपाती बोर्डिंग स्कुलका बिद्यार्थीको समेत दमदार प्रस्तुति रहेको थियो।

कार्यक्रममा गायक मिंग्मा शेर्पा, सगरमाथा आरोहण गर्ने पहिलो शेर्पा महिला डोमा शेर्पा, कान्छो चलचित्र निर्देशक सौगात बिष्ट, सामाजसेवी गेसे सोनाम वान्ग्चेन, अन्तराष्ट्रिय प्रस्तोता मसाकी माइकल, श्रीलंका पर्यटन बोर्डका प्रमुख जेफ गोनीवार्डेना, क्यानस फिल्म फेस्टिभलका अन्तराष्ट्रिय संयोजक तथा ‘एडभेन्चर अफ हुम्यानीटि’ का संस्थापक अध्यक्ष रिचार्ड निल्सन तथा फिलिपिन्सकि राजकुमारी मारिया लियोनेरा टोरेस लाई समेत शान्ति ताहा मानवता अवार्ड प्रदान गरिएको थियो। साथै शान्ति र मानवताको क्षेत्रमा योगदान पुर्याएको भन्दै विभिन्न कलाकार, समाजसेवी तथा खेलकुद क्षेत्रका हस्तीहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.