दुइ अनमोलको चेपुवामा प्रदिप ?


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाली चलचित्र बजारमा चलचित्र जुध्नु र चलचित्रकर्मी हरुको इगोले ठाउँ पाउनु सामान्य जस्तै भइ सकेको छ । चलेका अभिनेता र आशा गरिएको चलचित्र जुध्नु भनेको चलचित्र क्षेत्रलाइ घाटा हो । निर्माताले नचाहदा नचाहदै पनि चलचित्रहरु जुध्ने गरेका विभिन्न समाचारहरु बाहिरिने गरेका छन् । चलचित्र वितरकको सेड्युल अनुसार निर्माताले चलचित्र प्रदर्शन गर्नु पर्ने हुनाले पनि ठुला र आशा गरिएका चलचित्रहरु एक आपसमा जुध्ने गरेका छन् । पछिल्लो समय स्टार भ्यालु बनाउन सफल भएका र महंगा अभिनेता अनमोल केसी र प्रदिप खड्काको बिषयमा पनि विभिन्न गसिपहरु आउने गरेका छन् । महँगा र पारिश्रमिक धेरै लिएर काम गर्ने यी दुइ अभिनेताका चलचित्रले पनि निर्माताको लगानी भने सुरक्षित गर्न सकेका छैनन्। प्रदिप खड्का अभिनित चलचित्र ‘रोज’का निर्माता आफु करोड घाटामा रहेको बताउछन् । त्यसै गरि अनमोल अभिनित चलचित्र ‘कृ’ का निर्माता पनि आफु झन्डै करोड घाटामा रहेको भनिरहेका छन् । यो अवस्थामा पनि नयाँ निर्माताहरु भने अनमोल र प्रदिपलाइ उनीहरुले डिमाण्ड गरे अनुसारको रकम दिएर चलचित्र खेलाउन चाहन्छन ।

अभिनेता अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ फागुन १७ गतेबाट प्रदर्शनमा आउंदैछ अभिनेता प्रदिप खड्का अभिनित चलचित्र ‘लव स्टेशन’ चैत्र २२ गतेबाट प्रदर्शनमा आउंदैछ अनमोल केसी कै अर्को चलचित्र ‘ए मेरो हजुर ३’ चैत्र २९ गतेबाट प्रदर्शनमा आउंदैछ ‘क्याप्टेन’ को सार्बजनिक दुइ गीत र ट्रेलरले राम्रो प्रतिक्रिया पाई रहेको छ त्यसै गरि ‘ए मेरो हजुर ३’ को सार्बजनिक टिजरले पनि दर्शकको ध्यान तानी रहेको छ । यो दुइ अनमोलको चलचित्रको चेपुवामा प्रदिपको ‘लव स्टेशन’ पर्ने त होइन भन्ने बहस नेपाली चलचित्र बजारमा सुन्न थलिएको छ । ‘क्याप्टेन’
र ‘ए मेरो हजुर ३’ को ग्याप जम्मा ३५ दिनको रहेको छ । चलचित्र सफल भएर राम्रो संग चल्ने हो भने पहिलेको चलचित्रले दोस्रो चलचित्रको व्यापारलाइ असर गर्ला कि नगर्ला ? ‘लव स्टेशन’ र ‘ए मेरो हजुर ३’ को त झन् प्रदर्शन मिति जम्मा एक हप्ता मात्र फरक छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.