साम्राज्ञी र पुष्पलको ‘मारुनी’ शुभमुहुर्त सम्पन्न


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘मारुनी’को शुभमुहुर्त सम्पन्न गरिएको छ । काठमाण्डौको कमलादिस्थित गणेश मन्दिरमा पूजा गर्दै यसको निर्माण टिमले शुभसाइत गरेको हो । चलचित्रको
छायांकन भने फागुन १३ गते बाट सुरु हुनेछ । छायांकार संजय लामा अर्को चलचित्रको छायांकनमा व्यस्त भएकाले मारुनीको छायांकन केही ढिलो सुरु हुन लागेको हो ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतम प्रस्तुतकर्ता रहेको सिचलचित्रलाई नवल नेपालले निर्देशन गर्दैछन् । अजय पोखरेल र राजा प्रधानको लगानी रहने ‘मारुनी’ मा दर्शना केसी सह–निर्माताको रुपमा रहनेछिन् । चलचित्रमा पुष्पल खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र नव प्रवेशी रेविका गुरुङको मुख्य भूमिका रहनेछ । साथै सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.