प्रदीप र जसिता अभिनित ‘लभ स्टेशन’ पहिलो गीत सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: भ्यालेन्टाईन डेको विशेष अवसर पारेर अभिनता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ मा समावेश ‘घाम जुन चाहिँदैन’बोलको गीत सार्वजनिक गरिएको छ ।

बिहिबार निर्माण टिमले युटुब मार्फत सार्वजनिक गारेको उक्त गीतमा घाम जुन चाहिँदैन मायाँ भए पुग्छ…भन्दै अभिनेता प्रदीप र अभिनेत्री जसिताले आ-आफ्नो प्रेमभाव प्रस्तुत गरेका छन् । दीपक शर्माको शब्द तथा संगीत, सुगम पोखरेल र रेश्मा पुन मगरको स्वर रहेको गीतलाई निकै सुन्दर ढंगमा प्रस्तुत गरिएको छ ।

छायाँकनका लागि भियतनामको विश्वभर चर्चित लोकेशन दानाङ्ग, बाना हिल, ड्राईगन ब्रिज, हालम्बे, हानोई र इन्डोनेशियाको बालीमा यो गीतको छायाँकन गरिएको हो ।
‘लभ स्टेशन’ लाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । उज्ज्वल घिमिरेको निर्देशनमा बनेको चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगाएतका कलाकारहरुको अभिनय रहेको छ । आलोक शुक्लाको छायाँकन रहेको ‘लभ स्टेशन’ मा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.