निशानको निर्देशनमा ‘परी’ निर्माण घोषणा


सेलिब्रेटी नेपाल

काठमाडौँ: थुप्रै म्युजिक भिडियो सम्पादन गरे पश्चात केहि म्युजिक भिडियो निर्देशन समेत गरेका निशान कश्यप घिमिरेले ठुलो पर्दाको चलचित्र निर्देशनमा डेव्यु गर्ने भएका छन् घिमिरेको निर्देशनमा बन्ने चलचित्र ‘परी उड्न देऊ’ को अफिसियल निर्माण घोषणा गरिएको छ । सोमबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरी अफिसियल निर्माण घोषणा गरिएको हो । चलचित्र ‘परी’मा अभिनेता विपिन कार्की र श्रृष्टी खड्काको जोडी रहनेछ ।

रुपेशमान अमात्यले निर्माण गर्न लागेको चलचित्रकोकन्सेप्ट निर्देशक स्वयंको हो । य निपिल शर्माको कथा लेखन रहेको चलचित्र मा सफल केसी मुख्य सहायक निर्देशकको रुपमा रहनेछन् । आगामी नयाँ वर्ष वैशाख पछि छायांकन थालिने चलचित्रका मुख्य दुई कलाकार मात्र सार्बजनिक गरिएको छ । ‘परी’को छायांकन नेपालका साथै भारतको राजीस्तानमा समेत गरिने छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.