सलिनमान स्टारर ‘यात्रा’को पहिलो गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: सलिनमान स्टारर चलचित्र ‘यात्रा: अ म्युजिकल भ्लग’ को पहिलो गीत सार्वजनिक गरिएको छ । केहि दिन अघि टिजर सार्बजनिक गरिएको चलचित्रको ‘पाँच पन्छी..’ बोलको गीत सार्बजनिक गरिएको हो सार्बजनिक गीतमा चलचित्रका मुख्य कलाकारहरु सलिनमान बनियाँ, मल्लिका महत, प्रेक्षा बज्राचार्य, जान्वी बस्नेत, रेयर राई लयायतका कलाकारलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीत भिडियोमा यात्रा गरिरहेका यात्रीको माहोललाई देखाएको छ ।

प्रतिक पौडेलको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई, धर्मेन्द सेवान, प्रेक्षा बज्राचार्य, उपकार पाण्डेको स्वर छ । सम्राट शाक्यले निर्देशन गरेको चलचित्रको सार्वजनिक गीतमा प्रविण सिंहको कोरियोग्राफी रहेको छ । यात्राको क्रममा आउने उतार चढावको कथामा निर्माण भएको चलचित्रको कथा स्वयंम निर्देशक शाक्यले तयार पारेका हुन् । यसलाई पटकथा तथा संवादमा निर्देशक शाक्यसँगै सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले ढालेका हुन् ।

चलचित्रमा सलिनमान बनियाँ, मल्लिका महत, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । यसका साथै विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता केशव भट्टराई र चिज कुमार श्रेष्ठ हुन् । चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माताको रुपमा रहेका छन् । चलचित्रका निर्माता सुशील पोखरेल र कार्यकारी निर्माता सर्जुमान लिगल हुन् । चलचित्रमा सञ्जय लामाको छायांकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, संगीतकार शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत, बनिश शाहको सम्पादन रहेको छ । चलचित्र आगामी नयाँ बर्षको अबसरमा चैत्र २९ गते बाट प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.