‘ए मेरो हजुर ३’ टिजर सार्बजनिक,अनमोल र सुहानाको जोडी कत्तिको सुहायो ?


सेलिब्रेटी नेपाल

काठमाडौँ: झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ को टिजर सार्बजनिक गरिएको छ । ज्योतिषको समय अनुसार सरस्वती पुजा अर्थात श्री पञ्चमीको अवसर पारेर चलचित्रको टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार अनमोल केसी र डेव्यु अभिनेत्री सुहाना थापालाई स्थान दिइएको छ ।

सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानाका अलवा सरोज खनाल, अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, रक्षा गौतम, रुपा घिसिङ लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा सुमन पौडेल र अभिनेत्री तथा निर्देशक थापाको कथा, सञ्जय लामाको छायाँकन, आशिष अविरल, कोशीस क्षेत्री, प्रतिक पौडेल र कल्याण सिंहको संगीत, कविराज गहतराज, रामजी लामिछाने, प्रविण सिंह र राहुल शाहको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहेको छ । चलचित्र नयाँ बर्षको अवसर परेर चैत्र २९ गते बाट प्रदर्शनमा आउनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.