हङकङमा ‘एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड २०१९’ हुने


सेलिब्रेटी नेपाल

काठमाडौँ: हङकङमा सन् २०१९ को जुनमा नेपाली अवार्ड हुने भएको छ । एभरेष्ट इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडको आयोजनामा हुन लागेको ‘एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड २०१९’ मा २० विधामा पपुलर अवार्ड प्रदान गरिनेछ । १७ विधामा चलचित्र र ३ विधामा विभिन्न भाषामा बनेका चलचित्रले पपुलर अवार्ड प्राप्त गर्नेछन् । सन् २०१८ मा रिलिज भएका चलचित्रले अवार्डमा सहभागीता जनाउन पाउनेछन् । अवार्डमा सहभागी हुनका लागि कुनै पनि शुल्क नलाग्ने आयोजकले बताएको छ । अवार्डमा एक जना चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ ।

तिन हजार पाच सय दर्शक क्षमता भएको हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’मा यो अवार्ड आयोजना हुनेछ । आउँदो मार्चमा नोमिनेशन सर्वाजनिक गर्दै अवार्ड हुने मिति पनि सार्वजनिक गरिने राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा आयोजकले टिमले जानकारी गराएको हो । पपुलर अवार्ड भएकाले यसको अन्तिम निर्णय लोकप्रियताको आधारमा निर्णायकले गर्नेछन् । बरिष्ठ कलाकार सुनिल थापा यो अवार्डको निर्णायक समितीको संयोजक रहेका छन् ।

कार्यक्रमको बारेमा जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, एभेरेष्ट फिल्म एकेडेमीका चेयरम्यान सुनिल थापा, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र प्राविधिक संघका आध्यक्ष पुष्कर लामा, वितरक, निर्माता तथा हल सञ्चालक गोपाल कायस्थ, निर्माता तथा हल संचालक प्रदीप दाहाल, निर्देशक तथा पत्रकार डब्बु क्षेत्री, अभिनेता गौरव पहाडी, अभिनेत्री अरुणा कार्की लगायतको उपस्थिति रहेको थियो ।

अवार्डको लागि हङकङ आयोजक टिमको रुपमा स्थानीय वकिल तथा व्यापारी गौरव बम ठकुरी, मिस नेपाल हङकङ सोसाइटी र बडीबिल्डिङ एसोसिएसन हङकङका अध्यक्ष लोकराज लिम्बु, मिस नेपाल हङकङ सोसाइटीकि उपाध्यक्ष लिलेश्वरी खड्का, योगा ट्रेनर तथा बिजनेसम्यान सञ्जु भट्ट , मिस नेपाल हङकङ सोसाइटीकि संयोजक शान्ति नेपाली, मिस नेपाल हङकङ सोसाइटी सेक्रेटरी मनिष लिम्बु, लक्ष्मी चन्द , सुयोग शाक्य , रेवती खड्का , रोशनी श्रेष्ठ , रेविका राइ , विष्णु पुन र राकेश लिम्बु छन् ।

यो टिम अन्तर्गतको एभरेष्ट इन्टरटेनमेन्टले हङकङको सम्पूर्ण व्यवस्था हेर्नेछ भने नेपालमा संगीक्षा फिल्मस् प्रालिको तर्फबाट अध्यक्ष मनोज केसीले कार्यक्रम संयोजन गर्नेछन् । भने कार्यक्रमलाई सञ्चारकर्मी नरेश भट्टराईले संयोजन गर्नेछन् । नेपालबाट ६० जना कलाकार, प्राविधिक र पत्रकारको टिम हङकङ जानेछन् । अवार्डलाई व्यवस्थित र भव्य बनाउन कुनै पनि कसर बाँकी नराख्ने आयोजकले बताएको छ । यो अवार्ड आयोजनाका लागी काठमाण्डौको मिनभवनमा रहेको एभरेष्ट फिल्म एकेडेमी पनि आयोजक संस्थासँग हात मिलाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.